परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते




रामकुमार श्रेष्ठ –

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित पाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते भएका छन् ।




शनिबार दिउँसो रामग्राम नगरपालिका ५ बाइपास चोकमा पश्चिमबाट पूर्व आउँदै गरेको बागमती प्रदेश ०३–००१– क ०१८९ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बसमा सवारी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्ये १७ जनाको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी र २ जनाको भैरहवा मेडिक कलेज रुपन्देही उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये पश्चिम नवलपरासीको रामग्राम १६ तोनवा निवासी ३५ बर्षीया रामरती यादव र बर्दघाट नगरपालिका १२ निवासी ३० बर्षीया बिनु शाही गम्भीर रहेका छन् । उनीहरुको भैरहवा मेडिक कलेजमा उपचार भईरहेको छ ।

घाइतेहरुको विवरण

१. जिल्ला नवलपरासी रामग्राम न.पा.-१६ तोनवा बस्ने बर्ष अं. ३५ कि रामरती यादवको टाउकोमा चोट, सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।

२.  ऐ.ऐ. बर्दघाट न.पा.-१२ दबिल्ला बस्ने बर्ष अं. ३० कि बिनु शाही टाउकोमा चोट सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।

३. जिल्ला नवलपरासी सरावल गा.पा.-४ ललितपुर बस्ने बर्ष अं. २३ को पुनम चमारको छातीमा चोट, अवस्था मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

४. ऐ. -५ दुबौलिया बस्ने बर्ष अं. २४ को  बिजय कुमार  हरिजनको बाँया हातमा चोट  सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

५. ऐ.  पाल्हीनन्दन गा.पा. -२  अमानिगंज बस्ने बर्ष अं. २० कि प्रियंका यादवको टाउको र पिठ्युमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

६.  ऐ. सुस्ता गा.पा. -५ तरैनी बस्ने बर्ष अं. २१ कि गुन्जा कुमारी पालको बांया हातमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

७.. ऐ.ऐ. बस्ने बर्ष अं. २० को आकाश पालको बाँया हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

८. ऐ.ऐ. प्रतापपुर गा.पा.-७ सुर्यपुरा बस्ने बर्ष अं. २२ कि मनिषा चौधरीको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

९. जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.-८  चरीगाउँ बस्ने बर्ष अं. २० को दिपेन्द्र यादवको अनुहारमा चोट ,सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

 

https://www.youtube.com/watch?v=6mi4H53ko4s

 

१०. जिल्ला नवलपरासी पुर्वी कावासोती न.पा.- १७ बभनौली बस्ने बर्ष अं. ३२ कि राज कुमारी थनेतको कम्मरमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

११. ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं. ५ कि ज्योती थनेतको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१२. ऐ.ऐ. देवचुली न.पा.- १३  दलदले बस्ने बर्ष अं. ३० कि सुनिला थनेतको दाहिने खुट्टामा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१३. जिल्ला कपिलवस्तु यसोधरा गा.पा.- ७  तौलिहवा बस्ने बर्ष अं. २० को शिव सागर यादवको कम्मरमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१४. ऐ.ऐ. बर्दघाट न.पा. -४ दिब्यनगर बस्ने बर्ष अं. २७ कि सुजता कुँवरको घांटी र दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१५. ऐ.ऐ. बस्ने बर्ष  अं.२८ कि शर्मिला सापकोटा शर्माको  बाँया कुममा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

https://www.youtube.com/watch?v=7oH6Zz_soZQ

 

१६:- भारत जिल्ला  महाराजगंज नौतनवा बस्ने बर्ष  अं. ४५ को मनोज मदेसियाको बाँया कोख र हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१७. ऐ.ऐ. बस्ने बर्ष  अं. ३७ को अमित गुप्ताको दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१८. जिल्ला महाराहगंज निचलौल पंचमा बस्ने बर्ष अं. ५० को हदिश अन्सारीको अनुहारमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

१९.  ऐ.ऐ. बस्ने निजको नातिनी बर्ष अं. ६ कि नाजिया खातुनको दाहिने खुट्टामा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

 



सम्बन्धित
Loading...