नारायणी पुलबाट हाम फालेर युवक वेपत्ता




चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् ।

 

उनी हामफालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 




एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् ।



सम्बन्धित
Loading...