दुबई पठाइदिन्छु भनेर ३८ लाख ठग्ने नवलपरासीका एक जना पक्राउ


 



दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ ।

 

दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग उनले ३८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

 




वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार चौधरीलाई सामाखुशीबाट पक्राउ गरेको हो ।

 

चौधरीलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए ।



सम्बन्धित
Loading...