नवलपरासी माओवादीले सबै उमेदवार सिफारिस गर्यो




गाेपी ज्ञवाली —

नवपरासी, भदौ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।




नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा सभाषद सिता देवी बौडेल, रामानन्द यादव एवं ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट बाट पुर्व मन्त्रि घनश्याम यादव, रामधनी केवट एवं भेष बहादुर खराल (वि वि खराल) लाई सिफारिस गरेको नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनु भयो ।

यसै गरि प्रदेश निर्वाचन क्षेत्र मध्य १ (क) मा राजु प्रसाद हरिजन, केयर कुँवर, एवं शुभान अलि अंसारी रहनु भएको छ भने १ (ख) बाट अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा एवं घिरज त्रिपाठी लगाएतका उमेद्धार सिफारिस गरिएको बताईएको छ ।

यसै गरी प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लोक प्रसाद श्रेष्ठ, भविश्वर तिवारी, गोपी ज्ञवाली, विर बहादुर विक, खडग बस्नेत लाई सिफारिस गरेको छ भने २ (ख) बुद्धन अलि, ध्रुव नारायण बनियाँ, धु्रव नाथ पाण्डे, सुरेश गुप्ता, दिनेश यादव एवं कन्हैया कोहारको नाम सिफारिस भएको संघिय निर्वाचन क्षेत्र नम्बर २ का ईन्चार्ज गोपी ज्ञवालीले बताउनु भएको छ ।

माओवादी केन्द्रको प्रदेश समितीले सकेसम्म निर्विरोध, नभए अधिकतम ३ जना आकांक्षीहरुको नाम सिफारिस गर्न जिल्ला समन्वयन समितीलाई निर्देशन गरेको भए पनि कतिपय क्षेत्रहरुमा तीन भन्दा बडि नै आकांक्षीहरुको नाम आएकोले आकांक्षी सबैको नाम पठाईएको ईन्चार्ज ज्ञवालीले बताउनु भयो ।

माओवादी केन्द्रको प्रदेश कार्यालयले उमेदवार छनोट गर्दा राजनैतिक न्यूक्ति खाएका, पछिल्लो निर्वाचनमा भाग लिएका वा राज्यको कुनै सुविधा नलिएका कार्यकर्तालाई प्राथमिकत दिने गरी नियमावली बनाएको छ ।



सम्बन्धित
Loading...