एक जना पुरुष नारायणीमा हाम फालि वेपत्ता


File Photo


चितवन

नारायणी नदीमा आज साँझ हाम फालेर एक जना पुरुष वेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ नारायणी नदीको पुलबाट एक जना अन्दाजी ३० बर्षीय पुरुष हाम फालेर वेपत्ता भएका हुन् ।

घटना स्थलमा प्रहरीले बागमती प्रदेश ३०–२००२ प ९१३६ नम्बरको सिल्बर कलरको अभिटर स्कुटर, निलो कलरको चप्पल र सामसुङ कम्पनीको १ थान मोबाइल फेला परेको जनाएको छ ।



सम्बन्धित
Loading...