नवलपरासीमा १ लाख बढीकाे अवैध सामान बरामद




नवलपरासी ।

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको गस्ती टोलीले विभिन्न अवैध सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएको छ ।




प्रहरी टोलीले बर्दघाट नगरपाालिका वडा नं–४ शान्तिनगरचोकस्थित पूर्व–पश्विम राजमार्गबाट २२ हजार मूल्यबराबरका साडी, ४० हजार मूल्यबराबरका सुट पिस बरामद गरेको सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

यस्तै, सरावल गाउँपालिका वडा नं–३ गोहिनीस्थित भित्री सडक खण्डबाट ५५ सय मूल्यबराबरको एकसय केजी चिनी, सुनवल नगरपालिका भूमहीबाट ४२ हजार मूल्यबराबरको लत्ताकपडासमेत बरामद गरी कुल एक लाख नौ हजार ५०० रुपैयाँबराबरको अवैध सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय महेशपुर पठाइएको उनले बताए ।



सम्बन्धित
Loading...