मञ्जरी बालपत्रिकाको कावासोतीमा विमोचन
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले बालबालिकालाई संरक्षण र सम्वोधन गर्न नसके देशले ठुलो दुर्घटना निम्त्याउने बताउनुभएको छ ।
बुधबार नवलपुरको कावासोतीमा मञ्जरी राष्टिय बालमैत्री पत्रिकाको विमोचन कार्यक्रममा बोल्नुहुदै मन्त्री दोवाटेले आजको बालबालिकाले देशको भुमिका बाध्ने हुदा बालबालिकालाई कस्तो शिक्षा दिने भन्ने मुख्य भुमिका अभिभावकमा सिमित रहने बताउनुभएको हो । पहिलो भुमिका अभिभावक देखि विद्यालय, समाज सरकार जिम्मेवार रहने बताउदै बालबालिकाहरुलाई देशले अग्रस्थानमा राखेर कार्यक्रमहरु सञ्चालन गदै आएको समेत उहाँको भनाई छ ।
मञ्जरी राष्टिय बालमैत्री पत्रिका गण्डकी एम ई मिडिया प्रालि नेपालकी अध्यक्ष कृषला शर्माको अध्यक्ष्ँतामा आयोजित मञ्जरी राष्टिय बालमैत्री पत्रिकाको बुधबार गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माको प्रमुख आतिथ्इता विमोचन गरिएको हो ।
यसैगरी जिल्ला समन्व्य समितिका प्रमुख बाबुराम विश्वकर्मा , प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे , कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेत लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्व्य समिति नवलपुरका प्रमुख बावुराम विश्वकर्माले बालबालिकाहरुको अधिकार र हितका लागि समन्व्य समिति सदैव सकरात्मक रहने बताउनुहुदै बालबालिकाहरुलाई अगाडि ल्याउने र विकासका कार्यक्रमहरु ग्नुर्नपर्नेमा जोड दिनुभयो ।
यसैगरी कावासोती नगरपालिकाकी नगर उपप्रमुख फुलकुमारी थनेतले भर्खर विमोचन भएको राष्टिय मञ्जरी पत्रिकाले अव बालबालिकाहरुको सम्रग विकासमा काम गर्ने विश्वास ब्यक्त गदै बालबालिकाहरुका संरक्षण र हितका लागि कावासोती नगरपालिकाले योजना अगाडि बढाउने समेत बताउनुभयो ।
कावासोती नगरपालिका स्थ्ति होटल ब्लु हेभनको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा कावासोती क्षेत्रका विद्यालयका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।