कावासाेतीका सडक र जंगलमा छाडा चाैपाया




नवलपरासी १५ असाेज ।

नवलपुरका कतिपय जंगल र मुख्य राजमार्ग वरपर चाैपायाहरू छाडा छाड्ने क्रम बढदै गएकाे छ ।




बिशेष गरि उन्नत जातका घरपालुवा जर्सी गाईका बाच्छा, बुढा तथा थारा गाई जंगल क्षेत्रमा ल्याई छाड्ने गरेकाे पाईएकाे छ ।

गाई बस्तु जंगलमा ल्याई छाड्ने प्रबृति बढ्दै जांदा कतिपय गाई बाच्छा राजमार्गमा चर्दै आउदा दूर्घटनाकाे जाेखिम बढेकाे यातायातकर्मीहरू बताउछन् ।

यसै बीच केही दिन देखि कावासाेती १२ स्थित खरकट्टा जंगलमा कानमा ट्याग लगाएका दर्जन बढी गाईबस्तु ल्याएर छाडेकाे पाईएकाे छ ।

यी गाई बस्तु मध्ये केही दूध थाकेर छाडिएका त कुनै घाईते र अधिकांश बाच्छा रहेका छन् ।

ती छाडा गाई बस्तुहरूले पानी समेत खान नपाएकाे र कतिपय खाडलमा परी घाईते भएकाे अवस्थामा भेटिएकाे नेपाल रेडक्रस कावासाेतीका अध्यक्ष बाबुराम कंडेलले बताउनु भयाे ।

घरपालुवा चाैपायालाई दूध आउन्जेल दुहुने र थाराे भएपछि जंगलमा छाड्ने गर्दा एकातर्फ सडक दूर्घटनाकाे जाेखिम बढेके छ भने किसानका बाली बिरूवा छाडा गाईबस्तुले खाईदिने गरेकाे छ ।

यस सम्बन्धमा ट्याग सहितका गाई बस्तुलाई जंगलमा ल्याई छाड्ने पक्षकाे पहिचान गरि अविलम्ब धनिकै गाेठमा पुरयाउने वातावरण बनाउन स्थानीयले सम्बन्धित निकाय संग माग गरेकाछन् ।



सम्बन्धित
Loading...