जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ




नवलपरासीको कावासोती नगरपालिका-६ रिठ्ठेपानीस्थित संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सञ्जय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ७० रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।




यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...