आगामी प्रधानमन्त्रीमा मेरो अन्तिम पटक उम्मेदवारीः डा.शशांक कोईराला




रामकुमार श्रेष्ठ
नवलपरासी —
नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले आफू भावी प्रधानमन्त्री बन्नकै लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले यो आफ्नो लागि अन्तिम चुनाव समेत भएको बताएका छन् ।

डा. कोइराला यस अघि लगातार नवलपुर १ बाट निर्वाचित हुँदै आएका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसंग कुराकानी गर्दै कोईरालाले आफुले यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।




उनले भने – तीन पटक सम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन् । यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न काग्रेसको तर्फबाट प्रधानमन्त्रीको उममेदवारको रुपमा अगाडि बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।

डा. कोइराला अहिले चौथो पटक चुनावी मैदानमा छन् । ३ पटकसम्म निर्वाचन जिते पनि उनले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा खासै ध्यान नदिएको कतिपयले गुनासो गर्ने गरेका छन् ।

उनले तिन पटकसम्म विकास निर्माण र नितीगत रुपमा काम गरेको र समृद्ध नवलपुर निमार्णको बाँकी काम सम्पन्न गर्नका लागि आफु पुन चुनावमा होमिएको उनले बताए । उनले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको पनि बताए ।

पूर्वी नवलपरासीमा उम्मेदवार मनोनयन चलरहेको छ । नेकपा एमाले लगायतका अन्य दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् भने प्रदेशतर्फ काग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतको गठबन्धनका साथै राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।



सम्बन्धित
Loading...