चितवनको जुस उद्योगमा आगलागी

चितवन –
पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ ।
बिहान ३ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ ।
आगो निभाउन खैरहनीका दुई वटा दमकल र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगो लागेकाले आगो नियन्त्रण गर्न समय लागेको बताइएको छ ।
आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा रहेको कच्चापदार्थ नष्ट भएको र चार वटा मेसिनमा क्षति भएको सञ्चालक भेषराज दुवाडीले जानकारी दिए ।
