चुनावमा आश्वासन दिन्छन्, जितेपछि विर्सन्छन, एम्बुलेन्स पनि नजाने पुल




रामकरन हरिजन —

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ४ पञ्चपेडा गाउँका मतदाताहरुलाई भेट्न मत माग्न प्रत्येक निर्वाचनमा ठूलादेखि साना दलका नेताहरु आउँछन्, भोट माग्छन् यो गर्छु त्यो गर्छु भनेर बाँचा गर्छन् तर चुनाव जिते पछि कहिलै नेताहरु गाउँ फर्कदैनन । न त आफूले गरेका बाचा पुरा गर्छन न त मतदाताहरुको समस्या नै बुझ्न पुग्छन् ।




पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस निर्वाचन क्षेत्रमा अहिले नेपाली काँग्रेसबाट नेपालकै धनी उद्योग पति विनोद चौधरीदेखि नेकपा एमालेको समर्थनमा निर्वाचन लड्दै गरेको नेपाली जनता पार्टी नेपालका हृदयश त्रिपाठी समेत यसै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका छन् ।

यहाँ कहिले काँग्रेसका उम्मेदवारले त कहिले यो वा त्यो पार्टीबाट हृदशय त्रिपाठीले निर्वाचन जित्दै आएको क्षेत्र हो ।
१ सय बढी घर रहेको यस गाउँमा अहिले पनि निर्वाचनको माहौल शुरु भए लगतै उम्मेदवार र दलका नेताहरु भोट माग्न पुगिसकेका छन् । तर, उनीहरुले अघिल्लो निर्वाचनमा गरेको बाचा भने अझै पुरा गरेका छैनन् ।

अधिकांश गरिब विपन्न परिवारका समुदाय बसोबास गर्ने यस गाउँमा अर्को गाउँसँग जोड्ने खजुरा नदीमा पुल बनाउन स्थानीयले नेतादेखि जनप्रतिनिधिलाई माग गरेको दशकौं वितेको छ ।

दुई बर्ष अगाडि नदीमा पुल बनाउने नाँपजाँच गरेको स्थानीयलाई राम्ररी याद छ तर पुल अझै पनि बन्न सकेको छैन । साना कल्भर्ट छ तर गाउँमा कोही विरामी हुँदा विरामी लैजान एम्बुलेन्स पनि जान सक्दैन ।

यहाँ पुल नबन्दा एम्बुलेन्स आउजाउ गर्न मात्र नभएर बर्खाको समय गाउँलेलाई पैदलै आउजाउ गर्न पनि समस्या हुने गरेको छ ।

स्थानीय ललन केवट भन्छन् – पंचपेडा खजुरा नदीमा तीन फिटको कल्भर्ड जस्तो छ न एम्बुलेन्स पार हुन्छ न त कुनै चार पांग्रे सवारी साधन । हामीले निक्कै दुःख पाएका छौं ।

तीन फिटको समान्य पुलमा मान्छेहरुलाई मात्र आवत जावत गर्दै आएका छन । त्यहांका जनताहरुले प्रदेश संघ र जिल्लाका नेताहरु संग धेरै पटक पुल निर्माण गर्न प्रस्ताव राखे पनि जनप्रतिनिधिहरुले आश्वासन मात्र दिदै आएको स्थानीयहरुले बताए ।

निर्वाचनको समयमा सबै नेताहरु मत माग्न आउंछन तर जितेपछि अहिले सम्म कुनै नेताहरु आफनो मुख देखाउन आएको छैन । पुल निर्माण गर्नको लागि नाप जांच गरेको २ वर्ष भन्दा बढी भयो तर काम सुरु भएको छैन स्थानिय ललन केवटले बताए ।

उनले भने ब्यवस्थित पुल नभएकै कारण आउने जाने क्रम्मा धेरै पटक बच्चाहरु खोलामा खसेका छन । सांगुरो बाटो भएकै कारण विरामी पर्दा घर सम्म एम्बुलेनस आउदैन मोटरसाईकल वा साईकलमा वारिपारी गरेर एम्बुलेन्स बोलाएर अस्पताल जाने गरेका छौ ।

करिब एक वर्ष अघि यस गाउँमा एक जनाको घर आगलागी हुँदा आगो निभाउने दमकल त आयो तर गाउँमा प्रवेश गर्ने बाटा नपाउँदा घर भित्र रहेका सबै समानहरु जलेर नष्ट भयो ।

पटक पटक आफूहरुलाई दल र दलका नेताहरुले झुक्काएका कारण यस पटक जो सुकै उमेदवार मत माग्न आए पनि मत हाल्न नजाने मनस्थितिमा छन् अहिले यहाँका जनताहरु ।



सम्बन्धित
Loading...