कावासाेती नगरमा चियापान




कावासाेती नगरमा चियापान
कावासाेती ५ कात्तिक ।

आउदै गरेकाे दीपावली,छठ,लाेछार र माघीका उपलक्ष्यमा नेपाली कांग्रेस कावासाेती नगर समितिले चियापान तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरेकाे छ ।




कार्यक्रममा मुख्य अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं.१का उम्मेद्वार डा.शशांक काेईरालाले आशन्न चाड पर्वका अवसरमा जिल्ला स्थित गाउँ तथा नगरबासी जनताकाे प्रगति एवं उज्वल भविश्यकाे शुभकामना दिनुभयाे ।

स्वभावैले निर्भिक र निश्कलंक डा. काेईरालाले चियापानमा उपस्थित पांचै दल, गठबन्धनका कार्यकर्ता मांझ निर्वाचन क्षेत्र लगायत समग्र जिल्लामा गरेकाे बिकास गतिबिधिकाे चर्चा गर्नु भयाे ।

वहांले चियापान कार्यक्रममा जिल्लामा ज्वलन्त रूपमा रहेकाे सुकुम्बासी समस्या समाधानमा आफू प्रतिबद्ध रहेकाे जनाउदै प्रधानमन्त्री बनेर कृषिमा आमूल परिवर्तन ल्याउने ठाेकुवा गर्नु भयाे ।

बिगत १५ वर्ष देखि आफ्ना बाबुआमाले भन्दा ज्यादै माया दिने नवलपुरका जनताकाे उच्च सम्मान गर्दै डा. काेईरालाले आउदा दिनमा पनि यहीका जनताकाे साथमा साथ दिएर बिकास कार्यमा लाग्ने बताउनु भयाे ।

नेका नगर सभापति शालिकराम ढकालकाे अध्यक्षता आयाेजित साे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले गठबन्धकाे मर्म अनुरूप सबैले निर्वाचनमा लाग्नु पर्ने कुरामा जाेड दिएका थिए ।

स्थानीय नेपाली कांग्रेस जिल्ला कार्यलय बिपी भवनमा आयाेजित चियापान कार्यक्रमकाे संचालन नगर सचिव झविन्द्र काफ्ले ले गर्नु भएकाे थियाे ।



सम्बन्धित
Loading...