जीवन ज्योति माविका शिक्षक, विद्यार्थी देउसी भैली खेल्दै




रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविका शिक्षक, विद्यार्थी सोमबारदेखि देउसी भैली खेल्दै छन् ।




जीवन ज्योति माविका प्रधानाध्यापक सुमित्रा लम्सालका अनुसार विद्यालयले कावासोती आसपासका क्षेत्रमा देउसी भैली खेल्ने भएका हुन् ।

देउसीभैलीबाट संकलित रकमबाट विद्यालयमा रहेका विपन्न विद्यार्थीहरुका अभिभावकहरुको जीवन स्तर उकास्नका लागि न्यूनतम व्याजमा रकम ऋण सापट दिने गरी भैली खेलिएको लम्सालले बताए ।

देउसीबाट ७५ हजार बढी रकम संकलन भईसकेको जीवन ज्योति माविका शिक्षक दिपक सुवेदीले बताए ।

त्यसैगरी जीवन ज्योति माविका पूर्व विद्यार्थीहरुको भेलाले जीवन ज्योति मावि पूर्व विद्यार्थी मञ्च गठन गरेको छ ।

भेलाले विनोद बस्ताकोटीको संयोजकत्वमा समिति गठन गरेको हो ।



सम्बन्धित
Loading...