माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु
माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु

माडी । माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ ।
माडी नगरपालिका-४, घोसरी गाउँ निवासी अन्दाजी बर्ष ३३ का जीवन नेपालीको कुखुरी प्रहारबाट मृत्यु भएको हो ।
घरमा एक्लै रहेका समयमा गएराती उहाँमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहार गरी एकजनाको हत्या गरेको अभियोगमा माडी प्रहरीले मृतककै साथी रहेका एक युवकलाई पक्राउ गरेको छ ।
माडी-४, घोसरीमा राती करीब १० बजे खुकुरी प्रहार गरी बर्ष ३३ का जीवन नेपालीको हत्या गरेका नवलपरासी निवासी अन्दाजी बर्ष ३४ का एक पुरुष माडी-३, ईनारबरुवा गाउँबाट पक्राउ परेका हुन् ।
घोसरीस्थित नेपालीको घरमा बसेर संगै मद्यपान गर्ने क्रममा विवाद भएपछि नेपालीको टाउकोमा खुकुरी प्रहार गरेको उनले स्वीकारेको माडी प्रहरीले जनाएकोछ ।
नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा उनले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए ।
घटनास्थलमा अत्यधिक रक्तश्राव भएको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएको थियो । शवको छेउमा रगत लतपतिएको अवस्थामा खुकुरी पनि भेटिएको थियो ।