ट्राफिक प्रहरीले चौतीस लाख भन्दा बढी राज्शव संकलन
रामकरन हरिजन :
पश्चिम नवलपरासीमा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रहरीका अनुसार नवलपरासीमा पछिल्लो १५ महिनामा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट चौतीस लाख सैतीस हजार रुपैया ट्राफिक प्रहरीले राजश्व संकलन गरेको छ ।
यस्तै, गत वर्ष नवलपरासीको विभिन्न स्थानमा ३ सय ८७ वटा सवारी दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जसमा ६ सय ५४ जना घाइते भएका छन् भने १ सय ८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा मात्र ६० वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।