छठी मेलामा कारको ठक्करबाट तीनजनाको मृ’त्यु




रुपन्देही, १४ कार्तिक । रुपन्देहीमा छठघाट जाने क्रममा कारको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

लु्म्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया किशोरी, २८ वर्षीया एक महिला र ३५ दिने शिशुको मृत्यु भएको हो ।




दुर्घटनामा दुईजना घाइते भएका छन् । कारको नम्बर खुलेको छैन । कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...