नवलपुरमा १ हजार लिटर घरेलु मदिरा बरामद

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा आन्तरिक राजश्व कार्यालय नवलपुर कावासोतीले कावासोतीका विभिन्न होटलहरुबाट गरी १ हजार लिटर बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीको सहयोगमा उनीहरुले बरामद गरेको मदिरा बुधबार आन्तरिक राजश्य कार्यालय पछाडि खाडल खनेर नष्ट गरेको छ । आन्तरिक राजश्व कार्यालय नवलपुरका प्रमुख ज्ञानहरि पन्थीले तयारी मदिरा १ सय ५० लिटर र जाँड ९ सय लिटर बढी बरामद गरी बुधबार नष्ट गरिएको बताए ।
अवैध रुपमा घरेलु मदिरा व्यापक रुपमा विक्री गर्ने त्यस्ता होटल सञ्चालकहरुलाई कारवाहीका लागि २४ घण्टा भित्र कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको पनि पन्थीले बताए ।
गएको स्थानीय निर्वाचनमा दलका उमेदवारहरुले घरेलु मदिरालाई कानुनी मान्यता दिइ करको दायरामा ल्याएर सञ्चालन गर्ने जनाए पनि त्यसलाई कार्यान्वयनमा नगरेका कारण समस्या भएको छ ।
