पश्चिम नवलपरासीमा शस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्तमा सुरक्षा कडाई
रामकरन हरिजन :
अगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा शस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्तमा सीमानाकालाई सुरक्षालाई कडाई गरिएको छ ।
नवलपरासीमा सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी र नेपाली सेनाको संयुक्तमा सुरक्षा व्यवस्था कडाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्तमा विभिन्न नाकाहरुबाट तीन लाख रुपैयाँ भन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिएको छ
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका वडा नं ५ स्थितबाट एक लाख २९ हजार ६ सय रुपैयाँ बराबरको कस्मेटि समानहरु बरामद गरिएको २६ नं.गण बेलासपुरका सशस्त्र प्रहरी बलका सूचना अधिकारी केशवराज थापाले जानकारी दिए ।
उनका अनुसार अवैध रुपमा नदी जन्य पदार्थ उत्खन्न गरी लैजाँदै गरेको अवस्थामा प्रतापुर वडा नं ५ बाट ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिाय अगाडि बढाइएको छ । मंगलबार रामग्राम ५ स्थितबाट एक क्विन्टल कुखुरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा जिल्लाको प्रतापुर वडा नं ६ स्थितबाट एक लाख ७२ हजार ७ सय ५० रुपैयाँ मोबाइलका उपकरणहरु बरामद गरी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सीमानाकाको सुरक्षलाई कडाई गरिएको छ । निर्वाचनलाई निष्पक्ष र शान्ति सुरक्षा बनाउने विषयमा आगामी शनिबार भारतको उतर प्रदेशको सुरक्षा निकाय र नेपालको सुरक्षा निकायको संयुक्त बैठक हुने नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए ।