नवलपरासी निर्वाचन क्षेत्र नं १ मा अरबपती पुजीपती र मन्त्रीको प्रतिस्पर्धामा गरीबपती
रामकरन हरिजन /
पश्चिम नवलपरासी निर्वाचन नं १ मा प्रतिनिधि सभा सदस्यको उमेदवार अरबपती चौधरी पुजीपती त्रिपाठी र मन्त्री शाहीको प्रतिस्पर्धामा बहुजन शक्ति पार्टीका गरीबपती उमेदवार काशी चमार ।
नवलपरासीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उमेदवार अरबपती चौधरी पुजीपती त्रिपाठी र मन्त्री शाहीको प्रतिस्पर्धामा रहेका बहुजन शक्ति पार्टीका उमेदवार काशी चमारको चुनाव चिन्ह जग रहेको छ । वर्षौ देखि नवलपरासीका मन्त्रीहरुले नगरेका कामहरु मैले गरेर देखाउछु भन् ।
गरीब विपन्न दलित समुदायको समस्या उद्योगपती जमिनदारहरुले कहिलै समाधान गर्दैन्न गरीबहरुको समस्या गरीबलेनै बुझछ बहुजन शक्ति पार्टीका प्रतिनिधि सभा सदस्यका उमेदवार काशी चमारले बताए ।
उनका अनुसार यस क्षेत्रका समस्या कुनै चासो नलिए पछि सुस्ता सुस्ता वरिपरिका समस्या जस्ताको त्यस्तै रहेकोले पहिलो प्राथमिकतामा सुस्ताको समस्या समाधान गर्ने छु र नेपालको संविधानमा दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षा सम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था रहेपनि कार्यनयन नगर्ने सरकारी विद्यालयलाई कार्यनयन गराउंछु ।
नवलपरासी जिल्लामा नागरिकताबाट बन्चित गराईकाहरुको लागि विशेष अवाज उठाउने छु यस क्षेत्रमा निशुल्क अधारभुत स्वास्थ्य सहुलियत तथा विशेषज्ञ चिकित्शक सेवाको व्यवस्था गरिनेछ ।
वैदेशिक रोजगारमा जानेहरुको लागि स्वदेशमै रोजगारका लागि शिप मुलक तालिम खोलीन्छ स्थानिय उद्योगमा रोजगारीको प्रबन्ध मिलाईन्छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका ठाढीघाटलाई पर्यटकिय स्थल बनाउने छु। निशुल्क प्राविधिक शिक्षा व्यवस्थापनमा लाग्नेछु साथै डिग्री कलेज खोलने प्रयास गर्ने छु ।