नवलपरासीमा निर्वाचन आचारसंहिताको उलंघन गर्दै राजनैतिक पार्टीहरु, निर्वाचन आयोग भने मौन

गोपी ज्ञवाली –
नवलपरासी, मंसीर १ गते । प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनको मिति नदिकिदै गर्दा पश्चिम नवलपरासीका विभिन्न स्थानमा राजनैतिक पार्टीहरुले आचारसंहित उलंघन गर्ने क्रम बढदै गएको छ ।
निर्वाचन आचार संहितामा मतदातालाई प्रभावित पार्ने गरि भोजभतेर गर्न नपाईने भनिएको भए पनि राजनैतिक पार्टीहरुले गाँउ गाँउमा खुला रुपमा नै भतेर लगाउर्दै आएको पाईएका छ ।
कुनै ब्याक्तिको घरमा कुनै पनि राजनैतिक पार्टीको झण्डा लगाउन नपाईने भनिएको भए पनि पश्चिम नवलपरासीको प्रतापुरको गुठीप्रसौनी गाउँका अधिकांश मानिसहरुको घर घरमा नेपाली कांग्रेसको झण्डा लागाईएको छ । यसै गरी संघिय निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उमेदवारी गरेका उद्योगपति विनोद चौधरीको सम्पर्क कार्यालय वर्दघाट जिमिरेभारमा चौविसै घण्टा भतेर चलेको प्रति पनि निर्वाचन आयोग मौन रहेको वर्दघाटका स्थानियवासीहरुको भनाई रहेको छ ।
यसै गरी नेपाली कांग्रेस पार्टीको तर्फबाट उमेदवार बनेका विनोद चौधरीले नेपाली कांग्रेसको चुनाव चिन्ह भएको चापीको रिंग (फिता सहितको रिंग) बनाएर कार्यकर्ता, मतदातालाई समेत बाढन लगाउनु भएकोमा पनि निर्वाचन आयोग मौन छ । यसै गरि नेपाली कांग्रेसका उमेदावरले चुनाव चिन्ह बुझाउने गरी निर्वाचन आचारसंहिता विपरित पार्टीको स्टिकर समेच वितरण गरेको पाईएको छ ।

प्रचार प्रसारका लागि निर्वाचन आयोगले तय गरेको मापदण्ड भन्दा माथि उठेर राजनैतिका पार्टीका कार्यकर्ताहरुलो पर्चाहरु छपाएर बाँडदै आएका छन ।
यसै गरी निर्वाचन प्रचार प्रसारको कामको काम विहान ७ वजे देखी साझ ७ वजे सम्म गर्नु पर्ने भनिएको भए पनि जिल्लाका राजनैतिक पार्टीहरुले राती सम्म मतदाताको घरमा भोट माग्दै हिडेको पाईएको छ भने यस्ता घरदैलो वा अन्य प्रचार प्रसारका कामहरुमा चर्को आवाजमा माईकहरु लगाईएको पाईएको छ । निर्वाचनमा आचारसंहिता पालना गरेको भन्दै राजनैतिक पार्टीहरुलो सहर बजार क्षेत्रमा अलिकम मात्रामा आचारसंहिता उलंघन गरेको भए पनि जिल्लाको दक्षिणी क्षेत्रका ग्रामिण बस्तीहरुमा आचार संहिताको उलंघन ब्यापक रुपमा भएको पाईएको छ ।
यसै गरी जिल्लामा उठेका स्वतन्त्र उमेदवारहरुले आचारसंहिता विपरित जथाभावि राष्ट्रिय झण्डा प्रयोग गरि रहेकाअ छन भने स्थानिय जनप्रतिनिधीहरुले स्थानिय सरकारका सरकारी गाडीहरु चुनाव प्रचारका क्रममा निर्वाद प्रयोग गरिरहेका छन ।
