पश्चिम नवलपरासीमा शक्तिशाली सिलिन्डर बम बिस्फोट

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ ।
संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ ।
बिस्फोट भएको स्थानबाट दिब्यज्योती माबिको बुथ करिव एक सय मिटर दुरिमा रहेको जनाइएको छ ।
जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी ); नेकपा( मशाल) र नेकपा( बहुमत)ले संसदीय निर्वाचन बहिष्कार / अबज्ञा गर्दै आएका छन ।