पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिला द्रारा मतदान ।


रामकरन हरिजन/



प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिलाले गरीन मतदान ।

आज आईतवार देशै भरीमा विहान ७ बजे देखि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान कार्य सुरु भएको छ । नवलपरासीको निर्वाचन क्षेत्र नं २ मा रहेको रामग्राम नगरपालीकाका जेष्ठ महिला नागरीकले मतदान गरेको प्रहरीले बताए




नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुर निवासी १०३ बर्षीया जेष्ठ महिला सदस्य फुलमती तामाङले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी भई आफनो अमुल्य मतलाई मतदान गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

उनका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा रामग्राम वडा नं १८ धरमपुर निवासी फुलमती तामाङको नागरिकता अनुसार १०३ वर्ष भएको छ । उनले भने १०३ वर्षको उमेरमा ज्ञानज्योती आधारभुत विद्यालय मतदान केन्द्र ख बाट मतदान गरेकी हुन ।



सम्बन्धित
Loading...