पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रव प्रधानको अग्रता, एमाले र गठबन्धन निक्कै पछाडि

रामकुमार श्रेष्ठ –
नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरुलाई निक्कै पछाडि छाड्दै अग्रता लिएका छन् ।
१० हजार ३ सय ९३ मत गन्दासम्म राप्रपाका प्रधानले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गठबन्धनबाट नेपाली काँग्रेसका देवेन्द्रराज कंडेलले १ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने एमालेका दिपेन्द्र अधिकारीले १ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।
यहाँ १ लाख २२ हजार ६ सय ८० मतदाता रहेका छन् ।
