पश्चिम नवलपरासी १ः विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि

रामकुमार श्रेष्ठ –
नवलपरासी, ६ मंसिर ।
पश्चिम नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले अग्रता लिएका छन् ।
शुरुवाती अग्रता उद्योगपति एवम् नेपाली काँग्रेसका चौधरीले लिएको भए पनि ठकुरी पछिल्लो मतगणना अनुसार चौधरी भन्दा ८९ मतले अगाडि छन् । त्यसैगरी त्रिपाठी भन्दा ठकुरी १०१८ मतले अगाडि रहेका छन् ।
स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले ३९५९ मत प्राप्त गरेका छन् भने चौधरीले ३८७० र त्रिपाठीले २९४१ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका भोजराज ढकालले ६६४ मत प्राप्त गरेका छन् ।