नवलपुर २ अपडेटः काँग्रेसका कार्कीको अग्रता कायमै, एमालेका महत पछ्याउँदै




रामकुमार श्रेष्ठ –
नवलपरासी, ६ मंसिर ।

पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यको क्षेत्र नं. २ मा गठबन्धनका नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । कार्की नेकपा एमालेका तिलक महत भन्दा १ हजार ८२ मत अगाडि रहेका छन् ।




दिउँसो ३ बजेसम्मको मतगणना अनुसार काँग्रेसका कार्कीले ९ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका तिलक महतले ८ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सालिकराम न्यौपानेले २ हजार ६ सय ६८, राप्रपाका विष्णु अधिकारीले ६ सय ४४, हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेलले १ सय ५३ मत प्राप्त गरेका छन् ।

नवलपुर २ अपडेट
काँग्रेस विष्णु कार्कीः ९८३६
एमाले तिलक महतः ८७५४
रास्वपा सालिकराम न्यौपानेः २६६८



सम्बन्धित
Loading...