उद्योगपति चाैधरी बिजयी

नवलपरासी ९ मंसिर ।
पश्चिम नवलपरासीकाे क्षेत्र नम्बर १बाट उद्योगपति बिनाेद चाैधरी बिजय हुनु भएकाे छ ।
बिहिबार राती सकिएकाे मतगणनामा चाैधरीेले २९ हजार ४ सय ९५ हजार मत प्राप्त गरेर बिजय हुनु भएकाे हाे ।
कांग्रेस उम्मेदवार चाैधरीका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गर्नु भएकाे छ ।
त्रिपाठीलाई नेकपा एमालेकाे समर्थन रहेकाे थियो ।