कावासोतीमा बलेरको ठक्करबाट एक जनाको निधन, देवचुलीमा एक जना घाइते




रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा बलेरोको ठक्करबाट एक जनाको निधन भएको छ ।




शनिबार साँझ कावासोती नगरपालिका ८ थकाली चोकमा स्थानीय ५२ बर्षीय पुरुष गंगादत्त पाध्यलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बा १० च ६७१७ नम्बरको बलेरोले पैदल यात्री स्थानीय गंगादत्त पाध्यलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते पाध्यको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिने बलेरो र बलेरो चालक प्रहरी नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्व नवलपरासीको देवचुली नगरपालिका २ हमाल चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
आज साँझ गण्डकी प्रदेश ०३–०३–००४– प ७८९६ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६० बर्षीय टिकाराम घर्ती मगर घाइते भएका हुन् ।

दुर्घटनामा परी घर्ती मगर गम्भीर घाइते भएको र उनको देवचुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...