नवलपुर जेसीजकी अध्यक्ष भुसालको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी


 



नवलपुर  ।
नवलपुर जेसीज २०२२ की अध्यक्ष जेसी राधिका भुसाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उभिएकी छन् ।

 

भोलि विहीवारदेखि विरगञ्जमा हुने महाधिबेशनमा नवलपुरको कावासोतीकी भुसालले उम्मेद्वारी दिएकी हुन् । १२ जना चुनिने उपाध्यक्ष पदमा १९ जनाको उम्मेदवारी परेको छ ।

 




नेपाल जेसीजले देशैभरका सबै शाखालाई भौगोलिकताका आधारमा ४ क्षेत्रमा विभाजन गरेको छ ।  क्षेत्र घ बाट राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेका ६ जनामध्ये महिला उम्मेदवारका रुपमा नवलपुर जेसीजकी अध्यक्ष भुसालको मात्रै मनोनयन परेकोे छ । देशैभरबाट भने उपाध्यक्षमा भुसाल सहित ३ जना महिलाको उम्मेदवारी रहेको छ ।

नवलपुरमा रहेको नवलपुर एफएम सञ्चालन गर्दै आएकी भुसाल २०१६ मा नवलपुर जेसीजको सदस्य, २०१८ मा उपाध्यक्ष, २०१९ मा मिडिया को–अर्डिनेटर, २०२० मा महासचिव र २०२१ मा कार्यकारिणी हुँदै २०२२ को नवलपुर जेसिज अध्यक्ष हुन् ।

भुसालले शाखातर्फ २०१९ मा जेसीज मेम्वर अफ मन्थ, २०२१ मा बेष्ट एक्टिभ मेम्वर अवार्ड पाएकी थिईन् भने नेपाल जेसिजले प्रदान गरेको २०२२ मा बेष्ट रिपोर्टिङ अवार्ड र स्मार्ट लेडी पे्रसिडेण्ट अवार्ड एरिया डी, आउटस्ट्याण्डिङ ट्रेनिङ् ईनिसेटिभ अवार्ड तथा अक्टुवर महिनाको जेसीज अफ द मन्थ प्राप्त गरिसकेकी छन् ।

जेसीजमा एक ब्यक्ति–एक पद–एक कार्यकाल भएकाले राष्ट्रिय उपाध्यक्षमा भुसालले आफू चुनिए युवा नेतृत्व, ब्यक्तित्व सहित शसक्तिकरण, किशोरी–बालबालिकाको सवलीकरण तथा नैतिक युवा समाज निर्माणमा ब्यक्तिगत रुचि भएको र अध्यक्षका नीति कार्यक्रमलाई सफल पार्न भूमिका निर्वाह गर्ने बताएकी छन् ।

विरगञ्ज जेसीजको आतिथ्यतामा विरगंजमा हुने नेपाल जेसीजको ४९ औं महाधिबेशनको पुर्वाद्र्धमा सोमवार र मंगलवार उम्मेदवार प्रशिक्षण कार्यक्रम सम्पन्न भईसेको छ भने आज उम्मेदवारको अन्तवार्ता चलिरहेको छ ।

जेसीज समितिमा एक अध्यक्ष, ४ कार्यकारी उपाध्यक्ष र १२ जना उपाध्यक्ष रहने प्रावधान छ ।
अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ ।

 



सम्बन्धित
Loading...