दिपकराज लम्सालको प्यानललाई मतदान गर्न चार दलको अपील


 

 



कावासोती, पुष १५ —

कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको ९ औं अधिबेशनका लागि पुष १६ गते (भोली) हुने निर्वाचनमा दिपकराज लम्साल नेतृत्वको प्यानलबाट उम्मेद्वार रहेका सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउन नगरमा रहेका चार दलले आज सयुक्त बिज्ञप्ती जारी गरेका छन ।




सयुक्त विज्ञप्तीमा नेकपा एमालेको तर्फबाट नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना, नेकपा माओवादी केन्द्रको तर्फबाट नगर कमिटि उपाध्यक्ष रमिला भुजेल, राष्ट्रिय प्रजातन्त्र पाटी नगर अध्यक्ष राम बहादुर श्रेष्ठ र नेपाल समाजवादी पाटीको तर्फबाट नगर कमिटि अध्यक्ष डोलराज गैहे द्धारा हस्ताक्षर गरीएको छ ।

सयुक्त हस्ताक्षरीत जारी विज्ञप्तीमा पुष १६ गते हुने कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको ९ औं अधिबेशनमा सम्पुर्ण उपभोक्ता, पाटीमा आवद्ध सम्पुर्ण पाटी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अपील गरेको छ ।

चार दलको सर्मथनमा अध्यक्ष पदका उम्मेदवार दिपकराज लम्साल, उपाध्यक्ष विन्दु पराजुली ढकाल, सचिब ज्ञानेन्द्र न्यौपाने, जनजाति महिला सदस्य मिना कुमारी राना, दलित महिला सदस्य विर्सना सुनार, लेखा समिति संयोजक दिपेन्द्र न्यौपाने, लेखा सदस्य यात्मराम सुवेदी, लेखा समिति महिला सदस्य नारायणी न्यौपाने, वडा प्रतिनिधिहरु राम प्रसाद न्यौपाने (रामु) वडा नं. २, विनय अधिकारी वडा नं. ३, प्रकाश भण्डारी वडा नं. ५, गोमा नेपाली वडा नं. ६, रेशमलाल चापागाई वडा नं. ८ र चण्डीका प्रसाद. लामिछाने वडा नं. ९ बाट उम्मेद्वार बनेका छन ।

 

 



सम्बन्धित
Loading...