नवलपुरमा दुर्घटना ३ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमो आज भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान कावासोती १६ डण्डा र दिउँसो देवचुली २ दुम्कौलीमा गरी २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका हुन् ।
कावासोती १६ तिनघरे चोकमा ना ६ ख ३६२४ नम्बरको ट्रकसँग गण्डकी प्रदेश ०४ – ००१ प् ५३३७ नम्बरको स्कुटी ठक्कर खाँदा स्कुटीमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी कावासोती १४ निवासी २३ बर्षीया शर्मिला महतो र ४० बर्षीय अनिता महतो घाइते भएका हुन् । दुवै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु १ ख ८६४२ नम्बरको बसले प्र. ३–०२–००२ प ७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक गोर्खाका ३५ बर्षीय चेतबहादुर गुरुङ घाइते भएका छन् ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
