गण्डक नहरमा दुई छोरा सहित हामफालेका आमा छोरा मृत फेला
नवलपरासी । पश्चिम नवलपरासीमा पर्ने गण्डक नहरमा हाम फालेका ३ जना मृत फेला परेका छन् ।
पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना बच्चा सहित मंगलबार नहरमा हामफालेका थिए । उनीहरु ३ जनानै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्च्मि नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।
सुस्ता गाउँपालिका वडा नं.२ हरकपुर नजिक २९ वर्षीया प्रतिमा थारूले आफ्ना दुई छोरा ९ वर्षका क्रिष र ७ वर्षीय सुमितलाई साथै लिई पश्चिम गण्डक नहरमा फाल हानेर बेपत्ता भएकी थिईन् ।
स्थानीय महलवारी गाउँ निवासी मानसिक स्थिति सामान्य नरहेकी थारूका श्रीमान् तिर्थराम बैदेशिक रोजगारीका क्रममा भारतमा रहेको बताईएको छ ।
दिउसो २ बजेको सो घटना लगत्तै प्रहरीले बेपत्ताको खोजि गर्ने क्रममा साझ ३ जनानै मृत अवस्थामा फेला परेको जिप्रका नवलपरासी पश्चिमका सुचना अधिकारी प्रनाउ भोजराज पाण्डेले बताए । उनीहरुलाई नहरको पानी सुकाएर खोजी गर्ने क्रममा घटना स्थलदेखि १ सय मिटर पर शव भेटिएको हो ।
पाण्डेका अनुसार नहरमा पानी सुकाई खोजी गर्ने क्रममा घटना स्थलबाट १ सय मिटर तल आमा प्रतिमाले आफ्ना दुई छोराहरूलाई दायाँ र बायाँ हातमा सलले बाधेर हाम फालेको अवस्थामा शव फेला परेको हो ।
मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाईएको छ ।