नवलपुरः होली खेल्ने क्रममा कुटाकुट, १ जना घाइते




नवलपुर। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा होली खेल्ने क्रममा ४ जनाले १ जना माथि निर्घात कुटपिट गरेको छ ।

नवलपुर प्रहरीका अनुसार मध्यविन्दु ४ पनौतीका २४ बर्षीय विशाल महत्तो, बर्ष २४ को दिनेश महत्तो, बर्ष २४ को अर्जुन महत्तो र बर्ष २४ को निरज महत्तोले होली खेल्ने क्रममा विवाद भई मध्यविन्दु २ कोल्हुवा बस्ने बर्ष २४ को करण महत्तोलाई कुटपिट गरी घाइते बनाएका हुन् ।



घाइतेको मध्यविन्दु जिल्ला अस्पताल, डण्डा उपचार भईरहेको उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने चार जना फरार रहेको र उनीहरुको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...