नेपाली क्रिकेट टिमलाई विश्वकप छनौट पुर्याउने क्याप्टेनलाई नवलपरासीमा भव्य स्वागत
परासी ।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।
नवलपरासीमा क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई स्वागत तथा सम्मान गरेको हो । रामग्राम जेसिज, नवलपरासी क्रिकेट संघ बर्दघाट, सरावल खेलकुद संस्था, रोटरी क्लब अफ नवलपरासी, दैनिक २४ खबर, क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई भव्य स्वागत तथा सम्मान गरेको हो ।
आफनो गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पौडेललाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।
भर्खर सम्पन्न विश्व क्रिकेट लिग टुमा नेपालको तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएईलाई हराउदै जिम्बावेमा हुने बिश्वकपमा छनौट बनाउन सफल भएका कप्तान रोहित पौडेल नवलपरासी जिल्लाको मानसम्मान बढाएको भन्दै जिल्लामा भव्य स्वागत सम्मान गरिएको जेसिजका अध्यक्ष बेनिमाधव बस्यालले बताए ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हरि शर्माले नेपाललाई जिम्बावेमा हुने बिश्वकपमा छनौट बनाउन सफल भएका कप्तान रोहित पौडेलले नवलपरासी जिल्लाको मानसम्मान बढाएको भन्दै आगामी दिनमा पनि खेलमा उत्कृष प्रर्दशन गरि जिल्लाको गौरब बढाउनुहुने बिश्वास व्यक्त गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पौडेलले यो खेलाडीहरू जित मात्र नभई सम्रग देशको जित भएको बताए । उनी बर्दघाट निवासी हुन् ।

