नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल


नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल



कावासोती । नवलपुरको कावासोती स्थित होटेल फुल मुनमा नवलपुर ग्रिल ब्यवसायी संघ को ९ औं साधारणसभा तथा ५ औं अधिबेशन भएको छ ।

साधारणसभा तथा अधिवेशन ग्रिल ब्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएकाे थियाे ।




कार्यक्रम प्रमुख अतिथिमा कावासोती नगरपालिका वडा न ३ का वडा अध्यक्ष डाेरमान गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा नवलपुरका सम्पुर्ण ग्रिल ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

अधिबेशनले कावासोती १७ का राम्जी इन्जिनियरिङ्गका सञ्चालक युवा ब्यवसायी कमल पौडेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती समेत गठन छ ।

अध्यक्ष पाैडेलले नवनिर्वाचित समितिले सबै ब्यवसायीहरुको व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता गरेका थिए ।



सम्बन्धित
Loading...