घट्दै महेसपुर भन्सारको राजस्व

रामकरण हरिजन –
परासी । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा फागुनमा पनि भन्सार राजस्व ओरालो लागेको छ ।
असोज महिनामा झण्डै एक करोड राजस्व संकलन भएको पाईएको छ भने माघ महिनामा ३४ प्रतिशत राजस्व ह्रास भएको थियो भने गत फागुन महिनामा झन राज्शव घटदै गएको छ महेशपुर भन्सार कार्यालयले जनाएको छ । महेशपुर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयलका कर्मचारीले बताए ।
सानो भन्सारबाट ठुलो भन्सार परिणित हुने वित्तिकै ब्यपारीहरु उत्साही भएका थिए ,अहिले किन व्यपारीहरु भन्सार गराउन छाडेका छन अनुसन्धानको विषय बनेको छ । दुई दशक देखि महेशपुर भन्सारलाई ठुलो भन्सार हुनु पर्छ स्थानीय उद्योगी ब्यवसायीले माग गर्दै आएका थिए ।
यो बर्ष देखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धि सँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसमान पैठारी गर्न सजिलो भएको थियो । तर अहिले महेशपुरमा भन्सारमा असहज बातावरण भएकोले ब्यपारीहरु भैरहवा भन्सार कार्यालयमा तर्फ गएका छ ।
चालु आर्थिक वर्ष चिनी, गहुँ जस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नु लगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाएको कारण आयातमा कमि भएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले बताए ।
उनले भने भन्सार कार्यालयको राज्वशमा नितिगत समस्या रहेको भन्दै महेशपुर भन्सार कार्यालयमा खाद्ध प्राविधि तथा गुड नियन्त्र कार्यालयको प्रयोग शाला नहुंदा खाद्ध बस्तुको परिक्षण गराउन भैरहवा जाने गरेका छन । महेशपुर भन्सार स्थित खाद्ध प्राविधि तथा गुड नियन्त्र कार्यालयको प्रयोग शालाको आवश्यकता रहेको छ ।