पत्रकार श्रेष्ठ सम्मानित


कावासोती । कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ सम्मानित भएका छन् ।



कावासोती ९ स्थित वडा प्रवद्र्धन समितिले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

वडा प्रवद्र्धन समिति कावासोती ९ नवलपुरका उपाध्यक्ष विष्णुप्रसाद पण्डितले उनलाई दोसोल्ला ओडाएर सम्मान गरेका थिए ।



वडा प्रवद्र्धन समिति स्थापनादेखि वडा प्रवद्र्धन समितिले गरेका कामको प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको सचिव बाबुराम केसीले बताए ।

यसैबीच शनिबार बसेको वडा प्रवद्र्धन समिति कावासोती ९ ले नयाँ बर्षको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । नयाँ बर्षको दिन शुभकामना आदानप्रदान र विविध खेलकुद कार्यक्रम गर्ने जनाइएको छ ।



सम्बन्धित
Loading...