अध्यक्षको जन्मदिनमा वडा प्रबद्र्धन प्रतिष्ठानद्वारा अपाङ्ग सेवा संस्थालाई सहयोग

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानले प्रतिष्ठानका अध्यक्ष प. विष्णुप्रसाद पोख्रेलको ६५ औं जन्मदिनको असवरमा सहयोग हस्तान्तरण गरेको छ ।
आज कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा गरेर खाद्य सामग्री हस्तान्तरण गरेको वडा प्रबद्र्धन प्रतिष्ठानका सचिव बाबुराम केसीले बताए ।
मौलाकालिका अपाङ्ग सेवा संस्थाका अध्यक्ष कृष्णकुमार रोकालाई चामल, फर्सी, बोडी, लौका, जुस आदि खाद्य सामग्री सहयोग गरिएको थियो ।
हस्तान्तरण कार्यक्रम दाउन्ने साप्ताहिकका प्रकाशक सम्पादक रामकुमार श्रेष्ठले सञ्चालन गरेको थिए ।
हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले मानव भावले मानवलाई सहयोग गर्नु मानव धर्म रहेको बताएका थिए ।
त्यसैगरी मौलाकालिका अपाङ्ग सेवा संस्थाका अध्यक्ष कृष्णकुमार रोकाले आफूहरुले संस्था स्थापना गरेर अपाङ्गता भएका बालबालिकाहरुलाई आवास सहितको व्यवस्था गरेर राखेको भए पनि राज्यले कुनै आर्थिक सहयोग नगरेको बताए ।
यहाँ अहिले १४ जना अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णकुमार रोकाले हाल अध्ययन गर्दै आएका बालबालिकालाई अपाङ्गता भएकै कारण कावासोती ३ को सहिद स्मृति माविले भर्ना नलिएपछि बालबालिकाको भविष्य अन्यौल भएको बताए ।
