राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार




नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।




उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।

राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।



सम्बन्धित
Loading...