बर्दघाट खानेपानीमा काँग्रेस, एमाले, माओवादी केन्द्र र एस सम्मिलित ‘महागठबन्धन’ प्यानल विजयी

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं अधिवेशनबाट ‘महागठबन्धन’ बिजयी भएको छ । चार ठुला पार्टी नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीको ‘महागठबन्धन’ ले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल प्यानल र साना दल सम्मिलित ‘संयुक्त उपभोक्ता मैत्री’ प्यानललाई पछि पार्दै जित हासिल गरेको हो ।
निर्वाचनमा ‘महागठबन्धन’ का अध्यक्ष पदका उम्मेदवार दिपक लम्सालको प्यानल विजयी भएको छ । लम्साल नेतृत्वको प्यानल संगै राजेन्द्र प्रसाद तिमिल्सिना र धनबहादुर गुरुङ्गको नेतृत्वको प्यानल चुनावी मैदानमा होमिएको थियो ।
शनिवार भएको निर्वाचनमा कुल २ हजार ४ सय ३२ मत खसेको थियो । अध्यक्षमा लम्सालले १ हजार ३ सय ८० मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिद्धन्दी रास्वपाका राजेन्द्र प्रसाद तिमिल्सिनाले ४ सय ६४ मत र साना दलको प्यानलका अध्यक्ष उम्मेदवार धन बहादुर गुरुङ्गले ३ सय ८२ मत पाउनुभयो । उपाध्यक्षमा काँग्रेसका कमल थापाले १ हजार १ सय ९२ मत प्राप्त गरेर बिजयी हुनुभयो । उहाँका निकतटम रास्वपाका सागर गैरेले ६ सय ७६ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा एमालेका शोभाकान्त कोईराला ( शिव) ले १ हजार २ सय ८२ मत प्राप्त गरी विजय हुँदा निकटतम रास्वपाका खिमानन्द पुरीले ५ सय ४४ मत र कोषाध्यक्षमा काँग्रेसकी राधादेवी अधिकारीले १ हजार १ सय ८ मत प्राप्त गरी विजय हुँदा निकटतम रास्वपाकी कविता रेग्मी अधिकारीले ६ सय ५९ मत प्राप्त गर्नुभयो ।
सदस्य तर्फ नेकपा एसकी शुसिला देवकोटाले १ हजार १ सय ३५ मत, एमालेकी बसन्ती थरुनीले १ हजार २ सय ९, काँग्रेसका थम्मन बहादुर बोहराले १ हजार २ सय २५ मत, माओवादी केन्द्रका रामबहादुर सार्कीले १ हजार १ सय ८४ मत र कृष्ण प्रसाद न्यौपानेले १ हजार २ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
लेखा समिति तर्फ पत्रकार समेत रहनुभएका नारायण भण्डारीले १ हजार ९८ मत प्राप्त गरी विजय हुँदा उहाँका निकटतम रास्वपाका शंकर भट्टराईले ६ सय ५४ मत प्राप्त गर्नुभयो । लेखा सदस्यमा रेखा कुमारी विकले १ हजार ३९ मत र पुर्णभद्र खरालले ९ सय ९१ मत प्राप्त गरी बिजयी हुनुभएको थियो ।
निर्वाचित समितिको कार्यकाल ४ बर्षको हुनेछ । ३ वटा प्यानल बनाएर निर्वाचनमा होमिएकाले यसपटकको निर्वाचनलाई आम उपभोक्ताको विशेष चासोको विषय बनेको थियो । गुरुङ्गको प्यानलमा राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा, क्रान्तिकारी माओवादी र विप्लव नेकपा सम्मिलित थियो । यसैबीच नेतृत्व आइतवार चयनका लागि भएको निर्वाचनमा दिपक लम्साल नेतृत्वको प्यानल विजयी भएपछि नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
आइतवार संस्थाको कार्यालय परिसरमा संयुक्त प्यानल निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, नेकपा एमालेका जिल्ला सचिव धीरज शर्मा बस्याल, नेपाली कांग्रेस बर्दघाट नगर समितिका सभापति दामोदर जिसी, नेकपा एमाले नगर कमिटीका अध्यक्ष रविन्द्र विक्रम हमाल, माओवादी केन्द्रका नगर अध्यक्ष तेजेन्द्र पुर्जा लगायतले नयाँ नेतृत्वले विगतको समितिको तुलनामा उपभोक्ताहरुलाई अझै गुणस्तरिय सेवा प्रवाह गर्नको लागि आग्रह गर्नुभयो ।