कावासोती नगरपालिकाद्वारा कृषकहरुलाई १७ लाख बराबरको उपकरण वितरण


रामकुमार श्रेष्ठ –



कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका कृषक समूह मध्ये २२ वटा कृषक समूहलाई १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ ।

आज शुक्रबार कावासोती नगरपालिकाको परिषरमा उक्त सामग्री कृषक समूहलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानीमा कृषकलाई ३३ थान कृषि उपकरण वितरण गरिएको कावासोती नगरपालिकाका कृषि शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।



आज कृषि सहकारी, कृषक समूह र फर्म दर्ता गरेर व्यवसायिक रुपमा काम गरेको कृषि फर्म गरी २२ वटा समूहलाई छाटी काट्ने मेसिन २२ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर १ थान, धान काट्ने मेसिन ५ थान, मकै छडाउने मेसिन १ थान, हाते टेक्टर ३ थान, दाना बनाउने मेसिन ४ वटा, ड्याङ्ग बनाउने मेसिन २ वटा, पम्प २ वटा र स्प्रे टं्याक्की १० थान सामग्री वितरण गरिएको थियो ।

कावासोती नगरपालिकाले नगरपालिका भित्रका कृषक समूहलाई बर्षेनी विभिन्न प्रकारका कृषि औजारहरु ७५ प्रतिशत अनुदानमा वितरण गर्दै आइरहेको छ ।



सम्बन्धित
Loading...