नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति




रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ ।




गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

पाठकका अनुसार आगलागीबाट २ करोड ५० हजार बराबरको धनमाल जलेर क्षति भएको छ ।
आगो स्थानीय प्रहरी, स्थानीय बासिन्दा, भरतपुर महानगरपालिकाको दमकल र कावासोती नगरपालिकाको दमकलले साढे ३ बजेतिर नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण आए पनि पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...