कावासोतीमा पानी माग्दै इन्द्र पूजा

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पानी माग्दै इन्द्र पूजा गरिएको छ ।
कावासोती ९ को समावेशी चोक र बगैजा चोकको बीचमा सोमबार कावासोती ९ का स्थानीय बासिन्दाले पानी माग्दै इन्द्र पूजा गरेको हो ।
यहाँ विगत ९ महिनादेखि ठूलो पानी पर्न सकेको छैन । कावासोतीमा मैकका बोट सुकेर मर्न थालेका छन् भने धानका विउ सुक्न थालेका छन् ।
पं. विष्णु प्रसाद पोख्रेलको नेतृत्वमा कावासोती ९ का बासिन्दाले स्वस्ती शान्ति, महारुद्री सहित इन्द्र पूजा गरिएको हो ।
नवलपुरमा अहिले दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माइ पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ ।