जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानले आज कावासोती १५ मा रहेका माझी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।



वडा प्रबद्र्धन प्रतिष्ठानका सचिव बाबुराम केसीको जन्मदिनको अवसर पारेर प्रतिष्ठानले विद्यालयका ३२ जना बालबालिकालाई शैक्षिक सामग्रीहरु कापी, पेन्सिल, इलेजर कटर वितरण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पोख्रेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पत्रकार रामकुमार श्रेष्ठले गरेका थिए ।




कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोमराज घिमिरेले प्रतिष्ठानप्रति आभार व्यक्त गरेका थिए । कक्षा ३ सम्म पठाइ हुने उक्त विद्यालयमा बोटे, माझी, मुसहर समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।



सम्बन्धित
Loading...