नेपाल बोटे समाजको अध्यक्ष राजकुमार बोटे

रामकुमार श्रेष्ठ –
चितवन । नेपाल बोटे समाजको पाँचौ राष्ट्रिय महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्त बहादुर बोटे, महासचिवमा शेर बहादुर बोटे, सचीवमा इन्द्रप्रसाद बोटे, आशिष बोटे र संगिता बोटे, कोषाध्यक्षमा मीना बोटे निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा श्याम बहादुर बोटे, दिपक बोटे, घनश्याम बोटे, विन्दु बोटे, शोभा बोटे निर्वाचित भएका छन् ।
चितवनको बोटे सामुदायिक होम स्टे माडीमा भएको महाधिवेशन ज्ञानबहादुर बोटेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवायलका सचिव मंगलराम दराइ, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।