कावासाेती नगरपालिकाले बाड्याे दुग्ध किसानलाई २६ लाखबढी अनुदान
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकाले कावासाेती नगरपालिकाका भित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे छ ।
कावासाेतीमा रहेका ४ वटा कृषि सहकारीमार्फत दूध विक्री गरेकाे १७ लाख ४७ हजार २ सय २ लिटर दुधमा प्रति लिटर १ रूपैयाँ ५० पैसा अनुदानका दरले २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे हाे ।
उक्त रकम बराबरकाे चेक नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले ४ वटा सहकारीलाई हस्तान्तरण गरेका थिए । कावासाेती १४ अग्याैलीमा रहेकाे साना किसान कृषि सहकारीले सबैभन्दा बढी ७ लाख २४ हजार २ सय ४३ लिटर दूध उत्दपादन तथा संकलन गरेकाे थियाे । साना किसान सहकारीले ११ लाख १ हजार ३ सय ६५ रूपैयाँ अनुदान रकम पाएकाे थियाे । उक्त रकम साेझै किसानकाे खातामा जम्मा गरिदिने साना किसान सहकारीका अध्यक्ष हरिबहादुर बस्नेतले बताए ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा अनुदान रकम बढाएर २ रूपैयाँ पुर्याईएकाे नगरप्रमुख विष्णु भुसालले बताए । कार्यक्रममा नगर उपप्रमुख फूलकुमार थनेत लगायतकाे सहभागिता रहेकाे थियाे ।