नवलपुर जिल्लाको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम




२२ असार, नवलपुर ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ ।

४० लाखको लगानीमा सुरुवात गरिएको यो कार्यक्रमले विशेषगरी ग्रामीण भेगका विपन्न समुदायको जिवनस्तरलाई सुधारोन्मुख गराएको देखिन्छ ।



कार्यक्रम अन्तरगत कुखुरा, बंगुर, बाख्रा, प्लाष्टिक घर निर्माण, च्याउ घर, बाख्रा पालन सम्बन्धी तालिम, भकारो सुधार, सिँचाइ लगायतका कार्य रहेको छ । आज आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कार्यक्रम प्रभावकारी हुँदै गएको कृषि ज्ञान केन्द्रले बताएको हो ।

यस्तै गरी जिल्लामा ग्रामीण पोषण सुरक्षण कार्यक्रमबाट एक सय ३८ , विशेषबाली प्रबद्र्धन कार्यक्रमबाट ३ सय ८७ , साना सिँचाई सञ्चालन कार्यक्रमबाट ९ सय ७७ , धानबाली प्रबद्र्धन कार्यक्रमबाट ३ सय ५८ र तरकारी क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रमबाट २ सय २६ घरधुरी लाभान्वित भएका छन् ।

कार्यक्रममा धानबाली प्रबद्र्धन कार्यक्रम , दलहन बाली प्रबद्र्धन कार्यक्रम र साना व्यवसायी फर्म स्थापना तथा विस्तार कार्यक्रममा प्रगति भएको समेत ज्ञान केन्द्रले जनाएको छ ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछाने, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुबास लामिछाने, सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख ज्ञानप्रसाद भुसाल, कृषक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषकहरुले बाली विमा कार्यक्रमबाट लागत मूल्यको मात्र विमा हुने र बाली विमा कार्यक्रम झन्झटिलो भएको गुनासो गरेका थिए ।



सम्बन्धित
Loading...