कावासाती ९ को वडा प्रबद्र्धनद्वारा बाँझो जमिनमा सामुहिक धान खेती


कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठानले कावासोती ९ को बागडुरको बर्मा भन्ने स्थानमा सामुहिक खेती गरेको छ ।



आज १६ कठ्ठा जग्गा मध्ये १३ कठ्ठामा सामुहिक धान खेती गरेको प्रतिष्ठानका अध्यक्ष पं. विष्णुप्रसाद पोख्रेलले बताए ।

बाझो रहेको जमिनलाई धानको बीउ विभिन्न ठाउबाट जम्मा गरि सामुहिक खेती गरेको सचिव बाबुराम केसीले बताए । ३ कठ्ठामा तिहारलाई लक्षित गरी सयपत्री फुल लगाउने भएको छ।



खेती योग्य जमिनलाई बाझो राख्नु हुँदै भन्ने सन्देस दिने उद्देश्यले आफूहरुले सामुहिक खेती गरेको अध्यक्ष पोखरेलले बताए । सामुहिक खेतीमा लागेको खर्च सामुहिक रुपमै गर्ने र पछि लागत खर्च कटाइ बचेको आम्दानीबाट विभिन्न सामाजिक कार्यमा लगाउने प्रतिष्ठानका सचिव बाबुराम के सीले जानकारी गराए ।

प्रतिष्ठानले हालसम्म चाड पर्वमा खेलकुद प्रतियोगिता, सरसफाई, स्कूलमा हाजिरजवाफ प्रतियोगिता, स्कुलमा संक्षम बिधार्थिलाई जुत्ता बितरण, शैक्षिक सामग्री वितरण, सामुहिक पुजाको आयोजना लगायतका कार्यक्रम गर्दै आएको छ ।



सम्बन्धित
Loading...