नवलपरासीमा मापदण्ड बिपरीत संचालित औषधी पसलमा शिल




गौरीशंकर जयसवाल –
परासी २७ असार । पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितीले एउटा औषधी पसलमा शिल गरेको छ ।

जिल्लाको रामग्राम नगरपालिका १८ बन्जरियामा मापदण्ड विपरित संचालन रहेका औषधी पसलमा अनुगमन समितिले शिल गरेको हो ।




जनस्वास्थ्यसंग जस्ता सवेदनशिल बिषयमा जिल्लामा रहेका फार्मेसी र क्लिनिक निश्चित मापदण्ड बिपरीत संचालन भएको जनगुनासो आएपछि अनुगमन गर्दा मापदण्ड बिपरीत संचालन रहेको पाईएको औषधी पसललाई शिल गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।

प्रबेश उपचार केन्द्रलाई औषधी बिभाग घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा मात्र दर्ता गरी संचालन गर्न र स्वास्थ्य चेकजाँज लागि स्वास्थ्य क्लिनिक नियमानुसार दर्ता गरी संचालन गर्न निर्देशन दिईएको साना तथा घरेलु उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्याेग अधिकृतले गंगाधर पाण्डेयले जानकारी दिए ।

अनुगमनको क्रममा कागत पत्र नभेटिएकाे परासी बुद्धचोकमा रहेको सन मेडिको औषधी पसल शिल गरिए पनि पछि कागजपत्र पेश गरेपछि शिल खाेलिएकाे छ ।

त्यसैगरी सफल सवस्थ्य क्लिनीक एवम् सफल फार्मेसीमा पसलमा सम्पूर्ण कागजपत्र रहेको तर स्वास्थ्य निर्देशनायको प्रमाणपत्र नवीकरण म्याद नाघेकोले तुरुन्त नवीकरण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिईएको अनुगमन संमिती संयोजक एवम् रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झाना चौधरीले जानकारी दिईन ।



सम्बन्धित
Loading...