नवलपुरको ट्राफिकद्वारा राजश्व संकलनमा वृद्धि, १ बर्षमा ३ करोड १० लाख राजश्व संकलन
रामकुमार श्रेष्ठ —
नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यायल नवलपुरले राजश्व संकलनमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक बर्षको तुलनामा ट्राफिक प्रहरीले राजश्व संकलन वृद्धि गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले आर्थिक बर्ष ०७९÷०८० मा ३ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार जिल्ला ट्राफिक कार्यालय नवलपुरले आर्थिक बर्ष ०७९÷०८० मा ३७ हजार ९ सय ५ वटा सवारी चालकलाई कारवाही गरेर उक्त रकमको राजश्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले आर्थिक बर्ष ०७७/०७८ मा १८ हजार १ सय ४६ सवारी कारवाही गरेर १ करोड १५ लाख २८ हजार पाँच सय रुपैयाँ र ०७८/०७९ मा ३१ हजार १ सय ९३ सवारीलाई कारवाही गरी २ करोड ११ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।